आजको मिति : २०७१-०९-४

जिल्ला परिचय:


पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । यो नेपालका ७५ जिल्लामध्ये क्षेत्रफलका आधारमा चौंथो सानो जिल्ला हो । पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रुपमा चिनिन्छ । विश्व मानचित्रमा पर्वत २८० ००’ १९’’ देखि २८० २३’ ५९’’ अक्षांश र ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पुर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्जा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ । उचाईका हिसाबले समुन्द्री सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणीदेखि ३,३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ ।

यस जिल्लाको कूल भूमि ५३६८६.२१ हेक्टरमध्ये वन क्षेत्रले ओगटेको जमिन १९,९९७ हेक्टर, कृषि भूमि २४,१७१ हेक्टर र प्रति जमिन, बुट्यान, भवन, बाटोघाटो, भीरपाखा तथा खोलाले ओगटेको जमिन ९,५१८ हेक्टर रहेको छ । यस जिल्लाको कूल कृषि जमिन २४१७१ हे. मध्ये खेत ९०७३ हेक्टर, जस मध्ये बाह्रै महिना सिंचार्इर्र्हुने ६,४२० हे. र मौसमी सिंचार्इर्र्हुने २६६६ हे. छ भने पाखोबारी १५,०९८ हे. रहेको छ । उत्पादनका दृष्टीकोणले यस जिल्लाको कूल प्रशोधित खाद्यन्न उत्पादन ३४१६८.५ मे.टन हुन्छ । यस जिल्लामा आवश्यक पर्ने खद्यान्नको मात्रा २९४६४.६ मे.टन हुन्छ भने उत्पादन र आवश्यकताको हिसाबले यस जिल्लामा करिब ४७०४ मे.टन खाद्यन्न बढी भई बाहिर निर्यात हुने देखिन्छ । तर यस जिल्लामा मानिसको खानेबानीको कारण कोदो, मकै, गहुं आदि खाद्यन्न अन्यत्र प्रयोग भई चामल आयत भैरहेको देखिन्छ ।

पर्वत सानो जिल्ला भएता पनि लेक र बेसिमा हावापानिको भिन्नता माटोको विविधता धरातलीय स्वरुप र मोहोडामा ठुलो अन्तर रहेकोले कृषि उत्पादनमा ताजा तरकारी, विभिन्न तरकारीको बिऊ, अदुवा, आलु, अलैंची, कफी, बेसार, आदि फलफुलमा अमिलोजाति, लप्सी, केरा, लीची, आरु, ओखर नास्पाती आदि हुन् । बेसीका समतल फाँटहरुमा उन्नत जातको खाद्यन्नको विस्तार गरी लाभ लिन सकिन्छ भने फलामखानीमा चियाखेतीको परीक्षण रोपण सुरु गरिएको छ । पशुपालनका दृष्टिले बाख्रा, कुखुरा, बङ्गुर, खरायो, गाईभैसी नै व्यवसायका मूख्य आधार हुन् । यहाँ लघु उद्यम विकास कार्यक्रमको सहयोगमा निरपेक्ष गरीबीको रेखामुनि रहेका परिवार मध्येका १८२५ कृयाशील उद्यमीहरु तरकारी खेती, लप्सी क्याण्डी, जाम, जेली, अचार, छाला जुत्ता, अल्लाको कपडा, टीका, साबुन, माहुरी पालन लगायतका व्यवसाय सुरु गरेका छन् । जसमध्ये दलित उद्यमी ५३८ जना जनजाती ५०१, अन्य ७८६ रहेका छन् । जस मध्ये महिला १,२३५ र पुरुष ५९० रहेका छन् । उद्यमीहरुलाई एकै ठाउ“मा बसी उद्यम संचालन गर्न सहयोग पुर्यालउने उद्देश्यले लघुउद्यम विकास कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विसका समिति र जिविसको संयुक्त सहयोगमा विभिन्न ठाउँमा साझा सुविधा केन्द्र, संकलन केन्द्र र सेलार स्टोरका भवनहरु निर्माण गरिएका छन् ।

यस जिल्लामा टिमुर, सिल्टीमुर, लोठसल्ला, लोक्ता, अल्लो, अर्गेली, सत्तुवा, चिर्राईतो, धसिङ्रे, र खोटोजस्ता महत्वपुर्ण गैरकाष्ठ वन पैदावारको उत्पादन भैरहेको छ । यिनै वन पैदावारबाट संचालन भएका उद्योगहरुमा लेकफाँटमा सुगन्धित तेल उद्योग, कुश्मा, चुवा र रानीपानीमा प्लाईउड र जिल्लाका विभिन्न ठाउँमा फर्निचर उद्योग, तथा अल्लो कपडा, नेपाली कागज, मौरी घार, जडीबुटी प्रशोधनजस्ता धेरै साना उद्योगहरु संचालन भैरहेका छन् । घरयासी रुपमा दैनिक आवश्यक पर्ने काठ, दाउरा र घा“स समेत वनबाट उपभोग भैरहेको छ । यस जिल्लाको कूल वनक्षेत्र १९,९९७ हेक्टरमध्ये १३,८५० हेक्टर सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न सकिने भएकोमा हालसम्म १२,८१३.१५ हे. सामुदायिक वन समुदायमा हस्तान्तरण भैसकेको र ३६६ समूहका ४३२९१ घरधुरी (दोहोरिएका घरधुरी समेत जेड्दा) सामुदायिक वनका सदस्य छन् । बाँकी वन राष्ट्रिय वनको रुपमा रहेको छ । यस जिल्लामा १६ वटा निजी वन दर्ता भएका छन् । अति गरीबको आय आर्जनको लागि ६.८१ हे. क्षेत्रफल रहेका २ वटा कवुलियती वनबाट १६ घर परिवार लाभान्वित भएका छन् । यस जिल्लामा १ जिल्ला वन कार्यालय, १ सेक्टर वन कार्यालय र आठवटा इलाका वन कार्यालयबाट वन सम्बन्धी प्राविधिक तथा प्रशासनिक काम संचालन भएका छन् भने बहुसरोकारवाला वन कार्यक्रम र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम ठूला परियोजनाको रुपमा संचालनमा छन् ।

राजनैतिक विभाजनअनुसार पर्वत जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ इलाका, ५५ गाउँ विकास समिति र ४९५ वडामा विभाजन गरिएको छ । निर्वाचन क्षेत्र नं. १ अर्न्तर्गत २६ गाउँ विकास समिति र निर्वाचन क्षेत्र नं. २ अर्न्तर्गत २९ गाउँ विकास समिति रहेका छन् । इलाका विभाजनमा इलाका नं. ६ मा ६ वटा गाउँ विकास समितिहरू र र्इलाका नं. ८ मा ४ वटा गाउँ विकास समिति तथा अन्य सबै इलाकाहरुमा ५, ५ गाउँ विकास समति रहेका छन् । नेपाल सरकारले सदरमुकाम नजिकका ५ गाविसलाई प्रस्तावित नगरपालिका घोषणा गरेको र नगर क्षेत्र निर्धारण समितिको सिफारिसमा ३ गाविस थप गरी ८ गाविसलाई नगर पालिकाको रुपमा प्रस्ताव भएको छ भने नेपाल सरकारबाट घोषणाहुन बाकी नै छ । २०६८ को राष्ट्र्रीय जनगणनाको तथ्याड्ढ अनुसार यस जिल्लामा ३१,५२७ घरधुरीमा बसोबास गर्ने ३५७१९ परिवार छन् । जिल्लाको कूल जनसंख्या १,४६५९० रहेको छ । जसमध्ये महिला ८१,२८९ र पूरुष ६५,३०१ रहेका छन् । यस तथ्याड्ढ अनुसार यस जिल्लामा पुरुषको भन्दा महिलको जनसंख्या बढी देखिन्छ । जसको अनुपात १००ः८० -महिलाःपुरुष) रहेको छ । बैदेशिक रोगगारमा जाने यस जिल्लामा १९,८५० पुरुष र २,२९८ महिला गरी जम्मा २२,१४८ रहेका छन् । उक्त तथ्याड्ढका आधारमा जनसंख्या वृद्धिदर (-)०.७४ देखिन्छ । मानवीय विकासक्रमको दृष्टिले १४ औं स्थान र सम्पन्नताको दृष्टिले ११ औं मा पर्ने यस जिल्लामा ब्राहमण, क्षेत्री, मगर, कामी, दमाई, सार्की, गुरुङ्ग, ठकुरी, नेवार, सन्यासी, कुँवर, र्घर्ती, कुमाल, बोटे, माझी, भुजेल, थकाली र मुस्लीम जातिको वसोवास रहेको छ ।

यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र कालान्जर पर्वतका लेकहरु मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन् । जहाँ शिशिरमा हिउँले ढाक्ने र वसन्तलाई लेकाली जडीबुटी, बाघ, भालु, चितुवा, मृग, झारल घोरल, थार, जस्ता वन्यजन्तु, डांफे, मुनाल, कोइली कालिज जस्ता चराहरुका साथै सप्तरंगी लालीगुरा“स लगायतका धेरै सुन्दर फूलहरुले सिँगारिरहेका हुन्छन् । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमसृ्रङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा बिहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरुलाई मन्त्रमुग्ध पार्दछन् । यस जिल्लामा नेपालकै अग्लो कुश्मा ज्ञादी झोलुंगेपूल, कुश्मा बलेवा जोड्ने यन्त्रीक पूल, कालिगण्डकीमा जलयात्रा, दुर्लुङ, क्याङ र भूक, भोर्ले र होश्राङ्दीबाट हुने प्याराग्लाइडि• आदिको विकासबाट पर्यटन विकासको ठूलो सम्भावना छ ।

कुश्माको गुप्तेश्वर गुफा, कटुवाचौपारीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी र पार्वती गुफा, बर्राचौरको सितलपाटी गुफा, लुंखु चनौटेको भीरमुनिको गंगाधर र ढाउँडुङ्गे गुफाहरु, चुवाको लालेश्वर गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरु हुन भने धार्मिक तथा प्रयटकीय दृष्टिले मोदीवेणीको नरसिंह मन्दिर, सेतीवेणीको शालीग्राम शीला, धाईरिङ्गको भूमे, सातमूले, पा• र क्या•का सहश्रधारा छहराहरु, कर्ुघा, लुंखु, भोक्सि• र पा•रा•को शीरमा रहेको चिसापानीको कालिका देवी मन्दिर, माहादेवको तपोभूमी मानिने कालान्जर पर्वत र सिर्पुक्षेत्र, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरु, ठूली पोखरीको बाटुलेचौर, खौलाको जुम्लीठाना, होश्रा•दीको पैंयुकोट र धु“वाकोटको ऐतिहासिक दरबार तथा किल्लाहरु, दुर्लुङ्ग कोट, लुंर्यााङकोट, लिमीकोट, जिताकोट, सूलीकोट, मौलाकोट, खुर्कोट, पूर्कोट लगायतका ऐतिहांसिक कोटहरु, माझफांटको कर्र्णोलको दरबार, तथा लुंखुको महाशीला (मेलढुङ्गा) नेपालकै ठूलो शीला अन्य महत्वपूर्ण पर्यटकीय स्थान मानिन्छन् ।

जिल्ला विकास समितिको.२०७० असार मसान्तसम्मको तथ्याड्ढअनुसार यस जिल्लामा लोकमार्ग र सहायक लोकमार्ग गरी जम्मा ६३.३४ कि.मी. मूख्य सडक रहेको छ । गुणस्तर अनुसार ११ गा.वि.स. मा ४५.१८ कि.मी. पक्की सडक र १४ गाविसमा ५२.६६ कि.मी. ग्राभेल सडक रहेको छ । जिल्ला सडक मूख्य संजाल अर्न्तर्गत रहेका ३२ वटा सडकको २९३.१३ कि.मी खण्डमा जिल्ला विकास समितिले स्तरोन्नतीको काम अगाडी बढाएको छ भने ५५ गा.वि.स.मा कूल कच्ची सडक ८६४.५७ कि.मी. भन्दा बढी देखिन्छ । खानेपानी सुविधा ९१ प्रतिशत घरधुरीमा, पक्की शौचालय निर्माण ९७ प्रतिशत घरधुरीमा देखिन्छ भने यस जिल्ला नेपालकै छैटौ खुल्ला दिशा मुक्त क्षेत्र अर्न्तर्गत पर्दछ । आकाशे पानी संकलन गरी खानेपानीको गर्जो टार्ने बस्तीहरुमा होश्राङ्गदी, फलामखानी, उराम र शंकरपोखरीमा प्रतिघर २,००० लिटर क्षमताका २५१ घैंटा निर्माण गरिएका छन् ।

यस जिल्लामा २६ उपस्वास्थ्य चौकीबाट २२±३ प्रकारका औषधि निःशुल्क वितरणका साथै आधारभूत स्वास्थ्य सेवा, २६ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३५ प्रकारका औषधिको निशुल्क वितरण तथा प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा तथा १ जिल्ला अस्पतालबाट स्वास्थ्य शिक्षण र सूचनाको साथै क्षयरोग, कुष्ठरोग, हात्तीपाइले रोग र औलोज्वरोको रोकथामको अलवा निशुल्क स्वास्थ्य सेवाका कार्यक्रमहरु, निशुल्क प्रसुती सेवा र २४ घण्टे स्वास्थ्य सेवा, सामुदायिक औषधिवितरण सेवा तथा ४५ प्रकारका औषधिको निशुल्क वितरण, एक्स-रे र ल्याब सेवा संचालन भइरहेको छ । जिल्लाका १७ स्थानहरुमा २४ घण्टे प्रसुती सेवा संचालन भएको छ । यसरी ५५ बटै गाविसमा स्वास्थ्यसेवाको पहु“च रहेको देखिन्छ । कडारोगीहरुले विपन्न नागरिक सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले तोकेको अस्पतालबाट औषधी उपचारमा छुट पाउने ब्यवस्था समेत भएकोले त्यस्ता रोगीहरुलाई सिफारिस गरी पठाउने काम पनि जिल्ला अस्पतालबाट भैरहेको छ । यसका अतिरिक्त फलेवासमा संचालीत हेल्पीङ्गहेन्स सामुदायिक स्वास्थ्य क्लिनिकबाट एक्स-रे, इसीजी, अल्ट्रा साउन्ड, ल्याव, फार्मेसी, सामान्य शल्यक्रिया र प्रसुती सेवा समेत प्रदान गरेको छ भने हुवासमा यस्तै प्रकारको क्लिनिकको स्थापना भएको छ । जिल्लामा रहेका ४ वटा आयुरर्वेदिक स्वास्थ्य केन्द्रले समेत स्वास्थ्य क्षेत्रमा थप सहयोग पुर्यामएका छन् । जलश्रोतको दृष्टिले हर्दा पर्वतको पश्चिमी भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी नदी छन् । मोदी उर्जा नदीको रुपमा छ भने कालीगण्डकी नदी ढुंङ्गा, गिटि वालुवाको मूख्य श्रोत हो । अन्य खोलाहरु लुंदी, लस्ती, पाती, रती, जहरे, मल्याङ्गदी, चर्र्दी, लमाय, लुवा, बाच्छा, खहरे मर्दी, सिउदी सेती, लगायतका खोलाहरु सिंचाईका मुख्य श्रोतहरु हुन् । विद्युत उपयोगको दृष्टिमा भोक्सिङ्ग, बाच्छा, पाङराङ्ग, भुक, क्याङ्ग, सरौंखोला, भोर्ले र हुवास गा.वि.स.मा लघुजलविद्युत योजना संचालन गरिएको छ । जसबाट १६२.५ कि.वा. विद्युत उत्पादन गरी १६०० घरधुरीले लाभ लिइरहेका छन् । सौर्य उर्जाबाट विद्युत बाल्ने घरधुरीमा ठूला विद्युत योजनामा १४ मेघावाट क्षमताको मोदीखोला पर्वतको देउपुर गा.वि.स.मा र १० मेघावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना चुवा गा.वि.स.मा संचालन भैरहेका छन् भने २० मेघावाट क्षमताको मध्य मदीखोला जलविद्युत योजना चुवा गाविसमै निर्माणाधिन अवस्थामा छ । यस जिल्लाका २८ गा.वि.स.का १६०१९ घरधुरीले केन्द्रीय प्रशारण लाइनबाट २६ सामुदायिक संस्थाका ७३ लोडसेन्टरका १५००० घरधुरीले सामुदायिक विद्युतीकरणबाट विद्युत सुविधा प्राप्त गरेका छन् । यस जिल्लामा ८३९५ मेघावाट प्रतिघण्टा विद्युत खपतबाट प्रति महिना रु. ५९,९२,०००।- महशुल प्राप्त भएको विद्युतको ताथ्यांकबाट देखिन्छ । बा“की रहेका ३ गाविस (पाखापानी, भोक्सिङ्ग र बाच्छा)मा केन्द्रीय प्रशारण पुगेको छैन । पाखापानीमा सामुदायिम विद्युतीकरणको काम भैरहेको छ भने भोक्सीङ र बाच्छामा उर्जाबाट विद्युत बलिरहेको छ । यस जिल्लामा १८० वटा चर्पि जडित गोवरग्यांस संचालनमा छन् । शिक्षा क्षेत्रमा हर्ेदा यस जिल्लामा १० क्याम्पस, ३५ उ.मा.वि, ४२ मा.वि., ३४ नि.मा.वि. २२० प्रा.वि. रहेका छन् भने निजीश्रोतका बोर्डिङ्हरुमा प्रा.वि. २८, नि.मा.वि. ४ र मा.वि. ८ र उच्च मा.वि.को संख्या १ रहेको छ । शैक्षिक हिसाबले ७ निरीक्षेण केन्द्र र १६ श्रोत केन्द्रअर्न्तर्गत पर्वतका सम्पुर्णा विद्यालयहरु समावेस गरिएको छ । जनगणना २०६८ को तथ्याड्ढ अनुसार यस जिल्लाको साक्षरता ७३.८५ प्रतिशत रहेको छ । जस मध्ये पूरुष साक्षरता ८३.४२% र महिला साक्षरता ६६.३% प्रतिशत रहेको छ ।

संचार क्षेत्रको यस जिल्लाको विकास क्रमलाई हर्दा यहाँ साधारण टेलिफोन लाइन १,२२० वटा, सि.डि.एम.ए. १०२१, पोष्टपेड मोवाइल १०५० थान, प्रिपेड मोवाइल ८२००० र स्काई मोवाइल १०२३० थान, ए.डि.एस्.एल. २२० र एन.टि स्याट १, यस जिल्लाबाट वितरण तथा संचालन भएको देखिन्छ । बाहिर बाट खरिद गरिएको नेपाल टेलिकमको सीम र एन.सेल सीम प्रयोग गरी मोवाइल चलाउनेको संख्या यस तथ्यांकमा समावेश गर्न सकिएको छैन । पर्वत जिल्ला सानो जिल्ला भएता पनि यहा स्लेट ढुंगाका खानी, फलाम खानी, तामा खानी, आदिको उत्पादन हुने गरेको ऐतिहाँसिक प्रमाण पाइन्छ । यस जिल्लामा सुन खानी रहेको भन्ने एक अध्यायनले देखाएको छ । हाल खनिज उत्पादनको रुपमा छाना छाउने र घरको भित्तामा सझावट गर्ने स्लेट ढुंगाहरु, पर्खालमा प्रयोग हुने ढुंगाहरु, बालुवा र गीटी मात्र निकासी भइरहेका छन् । भिरालो जमिनका कारण बाढी पहिरो, नदी कटान र कच्ची सडकबाट हुने भू-क्षय यस जिल्लाका मूख्य समस्या हुन् । भू-क्षय नियन्त्रण कार्यक्रम प्रभावकारी रुपले संचालन गर्ने, कच्ची सडकलाई ग्राभेलिङ् र कालो पत्रे गर्दै लाने, पर्वत हुंदै जाने कालीगण्डकी लोकमार्गलाई चीन र भारत जोड्ने सडकको रुपमा विकास गर्ने तथा अन्य विकासका सम्भावनाहरुको पहिचान गरी कार्यक्रम संचालन गरिएको खण्डमा पर्वत जिल्ला पनि नेपालको एक नमुना जिल्लाको रुपमा स्थापित हुनसक्ने बलियो सम्भावना रहेको देखिन्छ ।